सुनचाँदीको मूल्य फेरि बढ्यो, सुनको मूल्य तोलामा दुई लाख ४२ हजार

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा बुधबार दुवै धातुको मूल्य बढेको हो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० रुपैयाँले बढेको छ । बुधबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० रुपैयाँ कायम भएको छ ।     

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

Share News