शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड राखिने

काठमाडौं । शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड राखिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश गर्ने जनाएको हो । 

परीक्षा नियन्त्रण कार्यालयबाट आईटीएमएस अनलाइनबाट जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने जनाएको छ । 

उक्त क्यूआर कोड मंसिर १ गतेदेखि लागू हुने गरी प्रमाण पत्र जारी गरिने छन् । 

Share News