पुन: फोहोर व्यवस्थापनमा संकट,  बञ्चरेडाँडाका स्थानीयले बुधबारदेखि फोहोर रोक्ने

काठमाडौं । सरकारले दिएको वाचा फेरि पनि कागजमै सीमित भएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयहरूले बुधबारदेखि फोहोर विसर्जन पुनः रोक्ने चेतावनी दिएका छन् ।

बञ्चरेडाँडा–सिसडोल बीचको धारेमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा धुनिबेशी नगरपालिका, ककनी गाउँपालिका र बेलकेटगढी नगरपालिकाका स्थानीयहरू एकैसाथ उभिएका थिए । 

स्थानीयका अनुसार सरकार तथा सम्बन्धित निकायले १५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाए पनि एउटा पनि माग सम्बोधन भएन ।

यसअघि १२ कात्तिकमा स्थानीयले फोहोर रोक्दा काठमाडौं उपत्यकाका चाेकचोकमा फाेहाेर थुप्रिएकाे थियाे ।अवरोध चर्किएपछि १४ कात्तिकमा काठमाडौं महानगरले घर–घरमै फोहोर सँगालेर कम्पाउण्डभित्र राख्न सूचना जारी गरेको थियो ।

त्यसपछि सहरी विकासमन्त्री कुलमान घिसिङ स्वयं १६ कात्तिकमा बञ्चरेडाँडा पुगेका थिए र स्थानीयका अगाडि  १५ दिनभित्र माग सम्बोधन गर्ने वाचा गरेका थिए ।

Share News