काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले बालाजुको सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो ।
सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निर्देशक विजयकुमार महतोले गरे ।
सर्भिस सेन्टरले ग्राहकहरूलाई बिक्री पछिको सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास कम्पनीले लिएको छ ।
नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेन्यून स्पेयर पार्ट्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।