एनपीएल: विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए ।

एनपीएल प्रतियोगिताको विजेता टिमले गतवर्ष जस्तै यस वर्ष पनि १ करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ ।

दोस्रो हुने टिमले ५१ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

पोखराले पहिलो संस्करणको भेटमा विराटनगरविरुद्ध सुपर ओभरमा जित निकालेको थियो । 

Share News