विप्लवको नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र, गुलाब चिह्न चयन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । 

यससँगै माओवादी पार्टीको वैधानिकता औपचारिक रूपमा स्वीकृत भएको छ र आगामी चुनावमा भाग लिनका लागि पार्टीलाई थप अधिकार प्राप्त भएको छ ।

निर्वाचन आयोगको निर्णयसँगै माओवादीले आफ्नो चुनाव चिह्नको रूपमा गुलाब चयन गरेको छ । 

निर्वाचन आयोगले गुलाब निर्वाचन चिन्ह दिएपछि पत्रकारहरूसँगको प्रतिक्रियामा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले गुलाब चिह्नको चयनले पार्टीको राजनीतिक दृष्टिकोण र पहिचानलाई स्पष्ट पार्ने काम गरेको बताए । 

उनले गुलाबलाई परिवर्तन र संघर्षको प्रतीकको रूपमा लिइएको जानकारी दिए ।

Share News