काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरका नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा लामो बैठक भएको छ ।
उक्त बैठकमा सुरुदेखि नै विशेष महाधिवेशनको माग राख्ने देवराज चालिसे, गुरुराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी रहेको एक नेताले बताए ।
बैठकका उद्देश्य र छलफलका विषयहरू भने सार्वजनिक भएका छैनन् । विशेषतः फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको विषयमा कुराकानी भएको एक नेताले जानकारी दिए ।