काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ५ सय रुपैयाँले घटेको सुन मंगलबार ३ हजार ८ सयले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदबिक्री भएको थियो ।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । मंगलबार एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।