संसद विघटन असंवैधानिक भनेको एमालेले आव्हान गर्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दैछ । बैठकका एजेन्डा प्रतिनिधि सभा विघटनको संवैधानिकता तथा यसबारे अदालतमा जाने–नजाने निर्णयमा केन्द्रित रहने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार पार्टीले प्रतिनिधि सभा विघटनलाई सुरुदेखि नै असंवैधानिक ठहराउँदै विभिन्न चरणमा जनपरिचालन जारी राखे पनि कानुनी चुनौती भने नदिएको भन्ने आलोचना बढिरहेको छ । नागरिक समाज र बुद्धिजीवी समूहबाट अदालतमा मुद्दा हाल्न दबाब आएपछि एमाले नेतृत्व यस विषयमा निष्कर्ष निकाल्न बाध्य बनेको बताइएको छ ।

बैठकले अब पार्टीले विघटनविरुद्ध कानुनी लडाइँ थाल्ने कि राजनीतिक आन्दोलनमै सीमित रहने भन्ने विषयमा औपचारिक निर्णय लिने बर्तौलाले जानकारी दिए ।

Share News