बुटबलमा जीलीको नयाँ शोरूम

बुटवल । एलआरर मोटर्सले बुटबलमा जीलीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले बुटवलका लागि सोमार्जुन मोटर्सलाई अधिकृत डिलर नियुक्त गरेको हो । सोमबार आयोजित विशेष कार्यक्रमबीच नयाँ सोमार्जुन मोटर्स शोरूम औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

कम्पनीले एक वर्षभित्र १४ नयाँ डिलर विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । 

नयाँ शोरूमले बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्ससहित जिलीका आधुनिक ईभी लाइनअप ग्राहकसम्म सहज रूपमा पुर्याउने बताइएको छ ।

सोमार्जुन मोटर्सका सीईओ अर्जुन पाठकले बुटवलमा बढ्दो ईभी माग पूरा गर्न उच्चस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, कम्पनीका निर्देशक जीवनजंग शाहीले यो साझेदारीले पश्चिम क्षेत्रमा वातावरण–मैत्री आधुनिक सवारी अपनत्व झनै तीव्र हुने विश्वास व्यक्त गरे ।

Share News