काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ ।
महसंघकाअनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ ।