नेपाल टेलिकमको नाफा १.३२ अर्ब रुपैयाँ, आम्दानी ८.६७ अर्ब

काठमाडौं । नेपाल दूसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी)को चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको पहिलो त्रैमसामा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

कम्पनीका अनुसार चालु आवको ३ महिनामा वित्त आम्दानी ६० करोड ५ लाख रुपैयाँ, अन्य आम्दानी १९ करोड १० लाख रुपैयाँ र कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ७७ लाख रुपैयाँ वित्त आम्दानी, २० करोड ६३ लाख रुपैयाँ अन्य आम्दानी र १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ कर्मचारी खर्च, १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ सञ्चालन तथा मेन्टेनेन्स खर्च, ८ करोड ५५ लाख रुपैयाँ प्रमोसनल खर्च, ३५ करोड ४४ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च, १ अर्ब १७ लाख रुपैयाँ शुल्क तथा नवीकरणमा खर्च भएको जनाएको छ । 

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेर २९.४५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको असोजमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.६६ रुपैयाँ थियो । 

Share News