काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे बीमा कम्पनी बनेकाे छ ।
नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी जारी गरेको एनएफआरएस- १७ पूर्ण रूपमा अपनाउने देशको पहिलो कम्पनी बन्न सफल भएको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको वित्तीय विवरणसम्बन्धी निर्देशिका अनुसारको नियमित त्रैमासिक विवरणसँगै एनएफआरएस–१७ बमोजिमको विशेष संरचित विवरण समेत एकैसाथ प्रकाशन गरेको हो ।
विश्वव्यापी रूपमा प्रयोग हुने वित्तीय प्रतिवेदनका मापदण्डहरूसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन पारदर्शितामा महत्त्वपूर्ण फड्को मार्ने कम्पनीले जनाएकाे छ ।
यो उपलब्धीसँगै शिखर इन्स्योरेन्स नेपाली बीमा बजारमा गुणस्तरीय वित्तीय प्रतिवेदन र अन्तर्राष्ट्रिय मानकको प्रयोगमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ ।
शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक