काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा ऋणात्मक रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
तीन महिनाको अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ४ दशलमव २३ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ दशलमव ४६ प्रतिशतले बढेको छ ।
२ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ करोड ४६ लाख रुपैयाँ र अन्य इक्युटीमा ३२ करोड ७४ लाख रुपैयाँ थियो।
पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३५ पैसाले ऋणात्मक रहेको छ । पीई रेसियो ४६.९४ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।