सेयर बजारमा सामान्य गिरावट, नेप्से २५४० बिन्दुमा

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५४० बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३३७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै नेपाल रिइन्स्योरेन्सको २१ करोड, माउन्टेन इनर्जीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र युनियन हाइड्रोको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आइतबारको कारोबारका समूहगत सूचकमा  होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशतले बढेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले घटेको छ ।

Share News