तीन महिनामा सलिकोको नाफाबाहेक अधिकांश सूचक बढ्यो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ ।

वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको नाफा ८ करोड ९५ लाख रुपैयाँले घाटामा थियो ।

नाफा ऋणात्मक भएपनि सलिकाको अन्य अधिकाश सूचक भने बढेको छ । तीन महिनाको अवधिमा कम्पनीले समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले वृद्धि भएको छ । 

तीन महिनाको अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ नै थियो । 

कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७  करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्युटीमा ५३ करोड ९४ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, पीई रेसियो १४.७६ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ । 

Share News