काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको वित्तीय विरणअनुसार कम्पनीको नाफा घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
तीन महिनाको अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.०२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
असोजसम्ममा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ नै थियो ।
त्यस्तै, रिटेन्ड अर्निङ ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रटेन्ड अर्निङमा २२ करोड ६३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तीन महिनाको अवधिमा कम्पनीको अन्य इक्युटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालु आवको यही अवधिमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ ।
सेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.६३ रुपैयाँ, पीई रेसियो २८.१४ रुपैयाँ रहेको छ ।