सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सर्वोत्तम सिमेन्टको घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम ४ अर्ब ९७ करोड ५५ लाख चुक्ता पूँजी मध्येबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जसको रकम २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबर पर्छ । त्यस्तै १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको रकम ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यससँगै सर्वोत्तम सिमेन्टले प्रस्ताव गरेको कुल लाभांश रकम ९९ करोड ५१ लाख रुपैयाँ बराबर हुने कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी गराएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Share News