अन्तरराष्ट्रिय उतारचढावको असर नेपालमा, तोलामा ६९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ । आइतबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ ।  आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।  गत शुक्रबार त्यति नै परिमाणको  चाँदी तीन हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

Share News