४०८.९१ प्रतिशत कुल नाफा बढाएको सर्वाेत्तम सिमेन्टको खुद नाफा ३२.४२ करोड रुपैयाँ

काठमाडौं । सर्वाेत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । 

चालु आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ३५.७७ प्रतिशत बढेर १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

असोजसम्ममा कम्पनीको कुल नाफा ४०८.९१ प्रतिशत बढेर ६१ करोड २६ लाख रुपैयाँ, वित्तीय लागत १५.९१ प्रतिशत घटेर ६ करोड ६१ लाख रुपैयाँ र कुल खर्च ८१.८९ प्रतिशत बढेर २७ करोड २ लाख रुपैयाँ गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ कुल नाफा, ७ करोड ८६ लाख रुपैयाँ वित्तीय लागत र १४ करोड ८५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १७.६४ प्रतिशत बढेर ५ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ ।

Share News