काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ तथा डिजेलको मूल्य १ सय ४७ रुपैयाँ पुगेको छ ।
यो मूल्य कार्तिक ३० गते अर्थात् (भोली) बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ ।
