कजारिया टायल्सले गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता घोषणा

काठमाडौं ।  कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना ‘कजारियासँगै गृह प्रवेश, घुमौं देश विदेश’ को बम्पर पुरस्कार विजेताको घोषणा गरेको छ ।

गत दुई महिनादेखि सञ्चालनमा रहेको योजनाअन्तर्गत कजारिया टायल्सका ग्राहकहरूले विभिन्न पुरस्कार जित्ने अवसर पाएका थिए ।

१००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा जम्मा ४८ विजेताहरूलाई बोटको स्मार्टवाच प्रदान गरिएको थियो । 

तर, यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा ।

लामो प्रतीक्षापछि भएको यो घोषणा फेसबुक लाइभमार्फत गरिएको हो । चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता हुन् ।

Share News