विराटनगरमा पनि प्रोटोन ईमासको शोरुम

विराटनगर । जगदम्बा मोटर्स प्रालिअन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ ।

नयाँ शोरुमको सञ्चालनले नेपालभर ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा योगदान पुर्याउने जगदम्बा मोटर्सले विश्वास लिएको छ ।

शोरुमले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । 

शोरुममा विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो । 

उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विराटनगरमा शोरुम खोल्न पाउँदा खुसी व्यक्त गरे ।

पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको हो ।

null

Share News