एलआईसी नेपालको नाफा १० करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९६ प्रतिशतले बढेको छ । त्यस्तै समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.११ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले  ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिलो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको  रिटेन्ड अर्निङमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा  २ अर्ब ९९ करोड १६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको अन्य इक्युटीमा ३० करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ थियो । 

५ अर्ब ५० करोड शेयर पुँजी भएको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ थियो अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.८८ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ ।

Share News