काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा घटेको छ ।
असोज मसान्तसम्ममा कम्पनी २९ करोड ८५ लाख ४१ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा ६६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनाका कम्पनीको कुल बीमाशुल्क ०.६६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमाा शुल्क पनि घटेको छ । तीन महिनामा कम्पनीले ३० करोड ९० लाख १२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ४६ करोड ६९ लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको कुल सम्पति २२ अर्ब ४९ करोड ११ लाख रुपैयाँ छ ।
२ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको असोजसम्ममा महाविपत्ती कोषमा २२ करोड ६० लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७२ करोड ८८ लाख रुपैयाँ, स्पेशल रिर्जभमा २ अर्ब ५० करोड रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।