काठमाडौं । मुम्बईस्थित मेहता समूहका उत्तराधिकारी रजत मेहता बुधबार बिलियनब्रेन्स गराज भेन्चर्स (जीआरओडब्ल्यूडब्ल्यू) को लिस्टिङ समारोहबाट बाहिरिँदा आत्मसन्तुष्ट महसुस गर्दै थिए ।
२०१६ मा उनले सुरुआती चरणमै करिब १३ लाख डलर मूल्यांकनमा लगानी गरेको जीआरओडब्ल्यूडब्ल्यू अहिले नेशनल स्टक एक्सचेन्जमा ८.६ अर्ब डलर मूल्यमा डेब्यू गर्यो।
३६ वर्षे रजतले गर्वको अनुभूति गरे जब उनका बुबा राकेशक मेहताले भने, ‘अब अर्को जीआरओडब्ल्यूडब्ल्यू खोजेर लगानी गरौं ।’
सलाहकार, वेल्थ म्यानेजमेन्ट र ब्रोकरेज सेवामा आधारित पारिवारिक व्यवसायबाट आएका मेहताहरू परम्परागत रूपमा सूचीकृत कम्पनीमै लगानी गर्न रुचाउँथे ।
तर २०१३ मा व्यवसायमा प्रवेश गरेपछि युवा रजतले परिवारलाई सूचीबाहिरका सम्पत्ति र स्टार्टअपमा लगानी गर्नतर्फ मोडिदिए ।
‘मैले पहिलो लगानी गरेको स्टार्टअप तीन महिनामै बन्द भयो,’ उनले सम्झिँदै भने, ‘तर मैले त्यसबाट सिकेँ र लगानी जारी राखेँ ।’
अहिले उनले ३५ वटा स्टार्टअपमा लगानी गरेका छन्, जसमध्ये कतिपयको मूल्यांकन अर्बौं डलर छ र लिस्टिङ प्रक्रियामा छन् ।
मिलेनियल पुस्ता भारतका धनी परिवारहरूमा स्टार्टअप लगानीतर्फको ठूलो परिवर्तनको हिस्सा बनेका छन् ।
यो वर्ष जुनमा जारी ज्युलियस बेयर र ईवाईको रिपोर्टअनुसार भारतमा आगामी दशकमा करिब १.५ ट्रिलियन डलर बराबरको पिँढीगत सम्पत्ति हस्तान्तरण हुने अनुमान छ ।
२०१८ देखि २०२४ सम्म भारतमा फ्यामली अफिसको संख्या ४५ बाट बढेर ३०० नाघ्यो जुन ५०० प्रतिशतभन्दा बढी वृद्धि हो । त्यस्तै, ३० मिलियन डलरभन्दा माथिको सम्पत्ति भएका अल्ट्राहाई नेटवर्थ परिवारहरूको संख्या पनि सोही अवधिमा १३ हजारजति पुगेको छ ।
धेरै वेल्थ म्यानेजरहरूका अनुसार भारतमा वास्तविक फ्यामली अफिसको संख्या यसका पाँचदेखि दस गुणासम्म हुन सक्छ ।
अर्को पुस्ताका लगानीकर्ता
दिल्लीस्थित प्रक्सीमा क्यापिटल सर्भिसेजका पार्टनर विक्रान्त अग्रवालका अनुसार धनी परिवारका नयाँ पुस्ता प्रायः उच्च शिक्षित छन्, धेरैजसोले अन्तर्राष्ट्रिय डिग्री लिएका छन् र उनीहरू पारम्परिक पारिवारिक व्यवसायमा धेरै आकर्षित नहुन सक्छन् ।
भारतका धेरै पुराना सम्पन्न परिवार विशेषगरी स–साना सहरका अझै पनि जमिन र सुनजस्ता भौतिक सम्पत्तिमा धन राख्छन् । यी भौतिक सम्पत्ति वित्तीय सम्पत्तिमा रूपान्तरण भएपछि फ्यामली अफिसको संख्या तीव्र गतिमा बढ्ने त्रिजेन वेल्थका संस्थापक शैलेश बालाचन्द्रन बताउँछन् ।
भारतका ‘नयाँ धनी’ समूह स्टार्टअप कर्मचारीहरूका स्टक अप्सन रकम, विदेशबाट फर्किएका एनआरआईहरूको धनराशि र दह्रो चलिरहेको स्टक मार्केटबाट जन्मिँदै छन् । पुराना धनाढ्य पुस्तातर्फ भने बेबी बूमरहरू ठूलो परिमाणमा सम्पत्ति उत्तराधिकारमा हस्तान्तरण गर्दैछन् ।
यो हस्तान्तरणले भौतिक सम्पत्तिबाट वित्तीय सम्पत्तितर्फको रूपान्तरणलाई अझै छिटो बनाइरहेको छ । वित्तीय सम्पत्ति बाँडफाँड गर्न सजिलो हुन्छ ।
नयाँ पुस्ता मात्र धन जोगाउन होइन, उच्च जोखिम लिने र बढी प्रतिफल दिने लगानीबाट धन सृजना गर्न चाहन्छन् ।
एक कपडा व्यवसाय चलाउने परिवारका उत्तराधिकारी जसका बुबा रियल स्टेट र बैंक डिपोजिटभन्दा बाहिर कहिल्यै लगानी नगर्ने अहिले स्टार्टअपजस्ता उच्च जोखिम लगानीमा रुचि देखाइरहेका छन् ।
कति परिवारहरू अब आफ्नो पोर्टफोलियोको २० प्रतिशत वा बढी हिस्सा स्टार्टअपलाई छुट्याउन चाहन्छन् ।
भेन्चर क्यापिटल पनि फाइदा उठाउँदै
बेंगलुरुस्थित इनफ्लेक्सर भेन्चरले आफ्नो तेस्रो कोषका लागि १५० मिलियन डलर उठाउने तयारी गर्दैछ, जसले एआई, रोबोटिक्स, स्पेस र अटोमेसन स्टार्टअपमा लगानी गर्नेछ ।
यसको दोस्रो कोषको आधा रकम भारतीय फ्यामली अफिसबाट आएको पार्टनर मुरली कृष्ण गुन्तुरुले बताए ।
२०२१ मा जब ४५ भारतीय स्टार्टअप युनिकर्न बने धेरै फ्यामली अफिसहरूले स्टार्टअप लगानीको फाइदा देखे । अहिले कतिपय आफैले सीधा लगानी गर्न थालेका छन् ।
गुन्तुरुका अनुसार ‘अब परिवारहरू आफ्नै व्यवसायसँग सम्बन्धित स्टार्टअपमा सीधा लगानी गर्छन् । उदाहरणका लागि नोपो जुन कार्बन न्यानोट्युब बनाउने स्टार्टअप हो । जसमा हामीले भेन्चर क्यापिटलमार्फत लगानी गरेका हौं, तर सुझाव भने एउटा फ्यामली अफिसले दिएको थियो ।’
मिलेनियल र जेन–जेड पुस्ताले पारिवारिक व्यवसायसँग उनीहरूको रुचि मेल नखाए पनि स्टार्टअप लगानीलाई नयाँ व्यवसायको रूपमा हेर्छन् ।
गत वर्ष क्विक–कमर्स स्टार्टअप जेप्टोले नयाँ लगानी खोज्दा भारतीय फ्यामली अफिसहरूले मात्र चार हप्तामा ३०० मिलियन डलर जम्मा गरेका थिए ।
अन्य लगानीले १५ प्रतिशत वार्षिक प्रतिफल दिन सक्छ, तर स्टार्टअप लगानीले अत्यधिक फाइदा दिने सम्भावना हुन्छ ।
‘युवाहरूको विश्वास छ, १० स्टार्टअपमध्ये एउटा जोमाटो जस्तै अत्यन्त ठूलो बन्न सक्छ,’ बालाचन्द्रन भन्छन् ।
‘सूचीकृत पारम्परिक कम्पनीहरूले ट्रिलियन–रुपैयाँ मूल्यांकनमा पुग्न दशकौं लाग्यो, तर जोमाटोले सूचीकरणपछि केही महिनामै त्यो लक्ष्य छोयो,’ उनले थपे ।
सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित
घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य