काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला (एसएमई र कृर्जामाथि प्रश्न गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को छैठौं साधारणसभामा आफ्नो धारणा राख्दै उनले राष्ट्र बैंकले बैंकहरुमाफर्त एसएमई र कृषि कर्जा प्रवाहमा प्राथमिकता दिए पनि त्यसको सदुपयोगको विषयमा प्रश्न गरेका हुन् ।
उनले अहिले बैंकको खराब कर्जा अनुपात बढेको बताउँदै त्यसको एउटा कारण ऋणको सदुपयोगको विषय रहेको उल्लेख गरे ।
‘एसएमई कर्जाले चाहेको जस्तो काम गरेको छकि छैन ? कृषि कर्जा कृषिमा माटो खेलाउनका लागि गएको छ कि अन्य ठाउँमा प्रवाह भएको छ ? कृषि लोन भनेर विदेश गइरहेको छ कि कागज खेलाउन कर्जा लगानी भइरहेको छ कि भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने ।
यी दुवै क्षेत्रमा भएको कर्जाले राम्रो पफर्मेन्स दिनुपर्ने भए पनि त्यस्तो नभएोले यस विषयमा अध्ययन गर्न आवश्यक रहेको सुनाए ।
कृषि कर्जा सदुपयोग भएो भए उद्यमशिलता बढ्थ्यो, रोजगारी बढ्थ्यो । तर, त्यस्तो भएको छैन । यसमा लघुवित्तको भूमिका के छ ? कर्जा दिने बैंकका म्यानेजरले कस्तो भूमिका खेलेका छन् । यो विषय अध्ययन गर्न आवश्यक छ,’ उनले भने ।
यस्तै, उनले लोन लस प्रोभिजनको विषय अहिलेको समस्याका रुपमा रहेको सुनाए । उनका अनुसार पछिल्लो समय चेक बाउन्स र कालोसूचीको विषय पनि समस्याको रुपमा देखिएको छ ।
‘१९ लाख ऋणी छन् । डेढ लाख ऋणी कालोसूचीमा पर्नु भनेको ठूलो समस्या हो । उनीहरु कालोसूचीमा पर्दा ऋण प्रवाह नभएको होकि भनेर पनि बुझ्नुपर्छ,’ उनले भने ।
उनले बैंकको शाखाको संख्याको विषयमा पनि अध्ययन गर्न आवश्यक रहेको सुनाए । सबै शाखा प्रभावकारी रुपमा चलिरहेका छन् कि छैनन भनेर विश्लेषण गर्न आवश्यक रहेको सुनाए ।