होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ । 

यस अभियानअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ ।

यो ुसेफ्टी रिकलु अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो । 

ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो ।

यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर-भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएका छन् । कम्पनीले यी गाडीहरूको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ ।

स्याकार ट्रेडिङले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

Share News