नेपाली सडकका लागि उत्तम इलेक्ट्रिक एसयुभी हुन्डाईको क्रेटा

काठमाडौं । अहिले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति चासो र भरोसा दिनप्रतिदिन बढिरहेको छ । यतिबेला बजारमा उपलब्ध विभिन्न ईभीहरूमध्ये हुन्डाई क्रेटा इभी नेपाली ग्राहकहरूबीच सबैभन्दा विश्वसनीय र व्यावहारिक विकल्पका रूपमा उदाउँदै गएको छ। 

यसको डिजाइनदेखि प्रदर्शन, सुरक्षा र सेवा सबै पक्षले नेपाली भौगोलिक अवस्था तथा प्रयोगशैलीलाई ध्यानमा राखेर तयार गरिएको देखिन्छ ।

ह्युन्डाई क्रेटा इभीले २०० मिमि ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ, जसले गर्दा नेपालका असमान, खाल्डाखुल्डी र पहाडी सडकमा सहजै ड्राइभ गर्न सकिन्छ ।

४२।२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०० किमिसम्मको ड्राइभिङ रेन्ज दिन्छ, जुन काठमाडौं–पोखरा मात्र होइन, देशका अधिकांश सहर तथा ग्रामीण मार्गहरूका लागि पनि पर्याप्त छ ।

क्रेटा इभीमा समावेश गरिएको रेजेनरेटिभ ब्रेकिङ प्याडल शिफ्टर यसको सबैभन्दा प्रमुख विशेषतिमध्ये एक हो । यो सुविधा विशेषगरी नेपालजस्तो पहाडी देशका लागि निकै उत्तम हुन्छ ।

यसबाहेक यो प्रणालीले ब्याट्री चार्ज पुनः प्राप्त गर्ने कार्यसमेत गर्ने हुँदा लामो यात्रामा ऊर्जा–दक्षता अझै बढ्छ ।

ह्युन्डाई नेपालले देशभर विस्तारित सेवा केन्द्र, दक्ष तथा तालिमप्राप्त प्राविधिक, जेनुइन पाट्र्सको सहज उपलब्धता र अत्याधुनिक मेन्टेनेन्स सुविधाहरूको मार्फत ग्राहकलाई अतिरिक्त भरोसा दिएको छ ।

इलेक्ट्रिक सवारीसँग सम्बन्धित सम्भावित प्राविधिक आवश्यकताहरूलाई हेर्दा यस्तो विश्वसनीय र छरितो सेवा सञ्जाल उपभोक्ताका लागि ठूलो लाभ मानिन्छ ।

ह्युन्डाई क्रेटा इभी नेपालमा उपलब्ध इलेक्ट्रिक गाडीहरूमध्ये सबैभन्दा सन्तुलित, सुरक्षित र प्रयोगमैत्री विकल्पका रूपमा स्थापित हुँदैछ ।

Share News