बोटलर्स नेपालका २ कम्पनीको नाफामा उछाल, बालाजुको २८१.२० र तराईको २३४.७५ प्रतिशत बढ्यो

काठमाडौं । बोटलर्स नेपालका २ कम्पनीले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा उल्लेख्य नाफा बढाएका छन् । बोटलर्स नेपाल बालाजु र तराईको व्यापारमा बढोत्तरी भएसँगै नाफा पनि उल्लेख्य बढेको हो ।

बोटलर्स नेपाल बालाजुको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २८१.२० प्रतिशत बढेर ३२ करोड १६ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड ४३ लाख ८३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । 

चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ११ लाख ८० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २४ लाख ६४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ६९ करोड ९९ लाख रुपैयाँ, सञ्चालन नाफा ४१ करोड १८ लाख ६४ हजार रुपैयाँ र कुल नाफा १ अर्ब १५ करोड ६८ लाख १२ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ६३ करोड २९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी, १७ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा र ७८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ । 

यस्तै, यस अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ बिक्री लागत, ५७ करोड ९९ लाख रुपैयाँ बिक्री वितरण खर्च र १७ करोड १९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ ।

१९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०५ गुणा रहेको छ । 

बोटलर्स नेपाल तराइको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २३४.७५ प्रतिशत बढेर २७ करोड ३८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड १८ लाख ७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६१ करोड ४८ लाख ९२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ८७ लाख २८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ७८ लाख ८७ हजार रुपैयाँ, सञ्चालन नाफा ३७ करोड ६९ लाख १६ हजार रुपैयाँ र कुल नाफा ९२ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले १ करोड ९८ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी, १४ करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा र ५४ करोड ८४ लाख २ हजार रुपैयाँ कुल नाफा गरेको छ । 

यस्तै, यस अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ९७ लाख ५५ हजार रुपैयाँ बिक्री लागत, ४३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बिक्री वितरण खर्च र ११ करोड ८१ लाख ४४ हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६८ करोड ६ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८ गुणा रहेको छ । 

Share News