तोलामा साढे २ लाख नाघ्यो सुनको मूल्य

काठमाडौं । एक तोला सुनको मूल्य बिहीबार पाँच हजार ९०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० रुपैयाँले बढेको छ ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

Share News