
चन्द्रप्रसाद ढकाल
काठमाडौं । चैत २९ गते हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन एशोसिएट तर्फको उपाध्यक्ष चन्द्रप्रसाद ढकाल निर्वाचित हुने निश्चित भएको छ । यसअघि सौरभ ज्योति उपाध्यक्षमा उठ्ने भनिए पनि ज्योतिले ढकाललाई समर्थन जनाएका छन् ।
ज्योतिले समर्थन जनाएपछि ढकाल सर्वसहमत हुने देखिएको छ । सोमबारसम्म उम्देवारी दर्ता गर्ने समय भएकोले त्यतिबेलासम्म पर्खनु पर्ने ढकालले बताए ।
नयाँ उम्मेदवार देखिए पनि ढकाल उपाध्यक्ष पदमा विजय हुने निश्चित भएको छ । सदस्यहरुमा पनि सर्बसहमतिको प्रयास भईरहेको ढकालले बताए ।
तर एसोसिएटतर्फको सदस्य पदका आकांक्षी धेरै भएकोले निर्वाचन हुने नै देखिन्छ । १९ सदस्य पदका लागि करिव ३० जनाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यसअघि कार्यसमिति सदस्य रहेका १४ जनाले आगामी कार्यकालको लागि पनि उम्मेदवारी दिने भएका छन् भने २० जनाभन्दा बढी नयाँ आकांक्षी छन् । नयाँ आकांक्षीमा महासंघका पूर्व अध्यक्ष छोराहरु तथा ठूला कर्पोरेट हाउसका युवा अनुहार पनि देखिएका छन् ।
निवर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे, पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठका छोरा उदिप कुमार श्रेष्ठ पहिलो पटक महासंघको कार्यसमिति सदस्यको लागि प्रतिस्पर्धा गर्दैछन् । यसअघि बस्तुतग समूहबाट कार्यसमिति सदस्य भई सकेका यस पटक उपाध्यक्षको दावी गरेका सौरभ ज्योति पनि एशोसिएटतर्फबाट सदस्यमा चुनावमा भाग लिदैछन् । उनी महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिको छोरा हुन् ।
त्यस्तै एसोसिएट तर्फको सदस्य पदमा भरतराज आचार्य, कृष्णप्रसाद दुलाल, रामशरण थपलिया, आनन्द वगरिया, नारायण बजाज, शक्ति बेगानी, अखिलकुमार चापागाई, सुनिल नारायण श्रेष्ठ, बासुदेव गौतम, शिशिर कुमार भट्ट, राजेश अग्रवाल, भेषराज अर्याल उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
यसअघि निर्वाचन जितेर कार्यसमिति सदस्य भएका ज्ञानेन्द्रलाल प्रधान, ओमराज भण्डारी, रामकृष्ण प्रसाई, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, प्रकाश गिरी, रञ्जीत आचार्य, शाहिल अग्रवाल, अनिल कुमार केडिया, मनिष कुमार अग्रवाल, अशोक कुमार तोदी, रामचन्द्र संघाई, विजयसिंह बैद्य यस पटक पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । शनिबारसम्म १० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।