काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ । यसै सम्बन्धमा आईआईएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा आईआईएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले हस्ताक्षर गरेका थिए ।
साझेदारीअनुसार युवा सशक्तिकरण, खेलकुद–शिक्षा समन्वय र प्रतिभा विकासमा आधारित विभिन्न गतिविधिहरू सञ्चालन हुनेछन् । यसअघि काठमान्डु गोर्खाजले वल्र्ड लिंक, शिखर इन्स्योरेन्स, एक्सट्रिम इनर्जी ड्रिंक र टुलिप होटलसँग साझेदारी गरिसकेको छ ।