सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको ५ रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Share News