गुल्मीमा सुरु भयो चुनावी सरगर्मी, पाण्डेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । गुल्मीमा फागुन २१ गते सम्पन्न हुने आमनिर्वाचनको सरगर्मी सुरु भएको छ । राजनितिक दलहरू आन्तरिक तयारीमा रहिरहेको बेला एक स्वतन्त्र उमेदवारले सम्पर्क कार्यालयसमेत स्थापना गरी निर्वाचन प्रचारको कार्य सुरु गरेका छन् ।

गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का सुरेन्द्र पाण्डेले उक्त क्षेत्रको केन्द्र धनार्जीमा सम्पर्क कार्यालय स्थापना गरी प्रचारको काम सुरु गरेको जानकारी दिएका छन् । 

विद्यालय शिक्षकबाट केही समय पहिले स्वेच्छिक अवकाश लिएका पाण्डे पछिल्लो समय स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका पाण्डे पछिल्ला वर्षहरूमा उक्त पार्टीबाट टाढिएका थिए । पाण्डे जिल्लाको धुर्कोट गाउँपालिका– ५ बस्तुका स्थानीयवासी हुन् ।

Share News