बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर २५६५ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३२७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै राधी विद्युतको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र इस्ट्रन हाइड्रोपावरको ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साइन रेसुंगा डिभेन्चर, बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशत र बुंगल हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

मंगलबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशतले बढेका छन् । अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशतले घटेका छन् ।

Share News