दराज ११:११ अफरमा बोस्च पावर टुल्स: १५ प्रतिशतसम्म छुट, प्रेसर वाशर मात्र  ११ मा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी बोस्चको पावर टुल्स दराज नेपालको ११:११ अफरमा सहभागी भएको छ।

अफरमार्फत पेशेवर निर्माणकर्ता, गृह सुधारक र आफ्नै हातले निर्माण गर्ने उत्साहीहरूलाई उच्च गुणस्तरका उपकरणमा १५ प्रतिशतसम्मको विशेष छुट प्राप्त हुने भएको छ ।

यस अभियानमा बोस्चले निर्माण, अटोमोबाइल र घर सुधारका लागि आफ्नो लोकप्रिय पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ । 

विशेष आकर्षणको रूपमा 'फास्टेस्ट फिङ्गर फर्स्ट' अफरमा २२ हजार ९०० मूल्यको प्रेसर वाशर मात्र ११ मा उपलब्ध हुनेछ ।

बोस्च जीडब्ल्यूएस ६००, बोस्च जीएचजी १६-५० हिट गन, बोस्च जीएसबी ४५० इम्प्याक्ट ड्रिल, बोस्च जीबीएच २(२३ आरईए रोटरी ह्यामर, बोस्च जीएसबी १३ आरई इम्प्याक्ट ड्रिल किट सेट र बोस्च जीएलएम ४० लेजर रेन्जफाइन्डर अभियानमा उपलब्ध छन् ।

बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूला निर्माण कम्पनीदेखि व्यक्तिगत कारीगरसम्म ग्राहकलाई आवश्यक उपकरण उपलब्ध गराउँछ ।

बोस्च पावर टुल्सको नेपालभर एक सय प्लस आधिकारिक उपवितरक रहेका छन् ।

Share News