महासंघ निर्वाचनमा नाडाका ४ उम्मेदवार

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका तर्फबाट चार जनाले उम्मेदवार खडा भएका छन् । यसपाली नाडाका पुर्व अध्यक्ष शेखर गोल्छा बरिष्ठ उपाध्यक्षको उम्मेदार बनेका छन भने अर्का पुर्व अध्यक्ष सौरभ ज्योतिले एसोसियट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । नाडाका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले बस्तुगत तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका तर्फबाट चार जनाले उम्मेदवार खडा भएका छन् ।

यसपाली नाडाका पुर्व अध्यक्ष शेखर गोल्छा बरिष्ठ उपाध्यक्षको उम्मेदार बनेका छन भने अर्का पुर्व अध्यक्ष सौरभ ज्योतिले एसोसियट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

नाडाका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले बस्तुगत तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन भने महासचिव कृष्णप्रसाद दुलालले एसोसियट केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।

नाडाका तर्फबाट यतिधेरै उम्मेदवार खडा भएको यो पहिलो पटक हो ।

Share News