काठमाडौं । आउँदो कार्त्तिक २९ र ३० गते सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
अन्तरक्रिया कार्यक्रम नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा हुने भएको हो।
महासंघका अध्यक्ष दिनेश कुमार चुकेले कार्यक्रम सुदूरपश्चिमको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको जानकारी दिए ।
अध्यक्ष चुकेका अनुसार कार्यक्रममा मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशका प्रतिनिधि, स्थानीय सकारका प्रतिनिधि, होटल व्यवसायीलगायत ६०/७० जना स्टेक होल्डरहरुको सहभागिता रहने छ ।
‘सुदूरपश्चिम प्रदेश प्राकृतिक रूपमा धनी हुँदा हुँदै पर्यटनको हिसाबले पछाडि परेको छ,’ उनले भने, उक्त प्रदेशको पर्यटन प्रवर्द्धनका लागि हामी सबै होटल व्यवसायी र स्टेक होल्डर लागि परेका छौं ।’
अन्तरक्रिया कार्यक्रममा प्याकेज कसरी बनाउने, पर्यटन प्रवर्द्धन कसरी गर्ने सम्बन्धमा अन्तरक्रिया हुने अध्यक्ष चुकेको भनाइ छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशी, गोदाबरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, अतिरिक्त नायब महानिरीक्षक ओमबहादुर रानालगायत उपस्थित हुने जनाइएको छ ।