काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले चार दिने टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी शनिबारदेखि सुरु हुनेछ ।
उक्त कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र भविष्यमुखी (फ्युचरिस्टिक) इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । यी ब्रान्डहरू नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभी ब्रान्डका रूपमा स्थापित हुँदै आएका छन् ।
कार्यक्रममा सहभागीहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्नका साथै रोबोटहरूसँग अन्तर्क्रिया गर्ने अवसर पनि पाउनेछन्, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । हालै सम्पन्न नाडा अटो शोमा चर्चित भएका दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
एमएडब्लु वृिद्धले कार्यक्रममा विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ । यसअन्तर्गत पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहारहरू रहनेछन् ।
इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न इच्छुक वा भविष्यको यातायात अनुभव गर्न चाहनेका लागि बिर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा हुने यो एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प एक उपयुक्त अवसर हुने आयोजकले जनाएको छ ।