काठमाडौं । सरकारले विभिन्न १६ वटा आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखेको छ ।
मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखेको हो ।
नेपाल सरकारबाट र निजी प्रवर्द्धकबाट कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत विकाससम्बन्धी उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरू राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखिएको हो ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाअन्तर्गत बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण), रानी जमरा कुलरिया सिँचाइ आयोजना (प्रणाली आधुनिकीकरण समेत) रहेका छन् ।
त्यसैगरी कालीगण्डकी(तिनाउँ बहुउद्देश्यीय आयोजना, बागमती सिँचाइ आयोजना, नवीनतम यान्त्रिक सिँचाइ आयोजना, प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना, सुनसरी मोरङ सिँचाइ आयोजना (तेस्रो), सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, बृहद् दाङ उपत्यका सिँचाइ आयोजना, जलस्रोत संरक्षण आयोजना (रुपाताल र नागमती तथा धाप बाँध) र कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजना पनि सूचीमा राखिएको छ।