सूर्यविनायक धुलिखेलमा पनि सुरुङमार्ग, काठमाडौं प्रवेशमा ३ सुरुङमार्ग उपयुक्त

<p>काठमाडौं । काठमाडौं प्रवेश गर्ने बाटोमा एकपछि अर्को सुरुङमार्गको संम्भाव्यता अध्ययन भइरहेको छ । पछिल्लो समय सडक विभागले गरेको एक अध्ययन अनुसार काठमाडौं प्रवेश गर्ने सूर्यविनायक धुलिखेल सडकमा पनि सुरुङमार्ग हुने भएको छ । विभागका अनुसार यो सडक खण्डमा कम्तिमा पनि तीन सय मिटरको सुरुङ मार्ग निर्माण गरिने भएको छ । विभागका अनुसार भक्तपुरको पलाँसेबाट [&hellip;]</p>

सुुरुङमार्गको फाइल स्केच

काठमाडौं । काठमाडौं प्रवेश गर्ने बाटोमा एकपछि अर्को सुरुङमार्गको संम्भाव्यता अध्ययन भइरहेको छ । पछिल्लो समय सडक विभागले गरेको एक अध्ययन अनुसार काठमाडौं प्रवेश गर्ने सूर्यविनायक धुलिखेल सडकमा पनि सुरुङमार्ग हुने भएको छ ।

विभागका अनुसार यो सडक खण्डमा कम्तिमा पनि तीन सय मिटरको सुरुङ मार्ग निर्माण गरिने भएको छ । विभागका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेल जाने सडक धेरै घुम्ति र जोखिमपूर्ण भएकोले पनि सुरुङमार्गको योजना अगाडि सारिएको हो ।

यो सुरुङमार्गको परिकल्पना गरेर आवश्यक संभाव्यता अध्ययन भइसकेको सडक विभागका इन्जिनियर संजयकुमार श्रेष्ठले बताए । यो सडकमा निर्माण हुने सुरुङमार्गको विषयमासमेत सडक विभागले दातृ नियकासँग आवश्यक छलफल गरिरहेको छ । कसरी बनाउने र कस्तो हुने भन्ने विषय भने अन्तिम टुङ्गो लगाउनै बाँकी छ ।

सुरुङमार्ग बनाउनु सडक भन्दा धेरै खर्चालु हुने भएकोले पनि दातृ निकायकै भर पर्नुपर्ने अवस्था रहेको छ । नेपाल आफैंले गर्ने विकास निर्माणमा पनि प्राथमिकताका क्षेत्र छुट्याएर ठूला योजनामा काम गर्नुपर्ने उल्लेख छ ।

सडक विभागका अनुसार छोटो सुरुङमार्गमा मोटरसाईकल प्रवेश गर्न पाउँछन भने आधा किलोमिटर भन्दा लामो सुरुङमार्गमा भने निषेध हुन्छ । सुरक्षाको दृष्ट्रिले पनि संसारभर नै सुरुङमार्ग र द्रुत गतिको राजमार्गमा मोटरसाइकल प्रवेश गर्न पाउँदैनन् ।

नेपालमा निर्माण हुने सुरुङमार्गमा पनि आधा किलोमिटर भन्दा लामो भएको अवस्थामा मोटरसाइकल तथा अन्या थोत्रा र सुरक्षा संवेदशीलताका सवारी साधन प्रवेश निशेष हुने उल्लेख छ । निर्माणाधिक नागढुङ्गादेखि नौविसेको सिस्नेखोलासम्मको सुरुङमार्गमा मोटरसाइकललाई प्रवेश निषेध हुने छ ।

काठमााडौं प्रवेशमा तीन सुरुङमार्ग उपयुक्त
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं प्रवेश गर्न तीन वटा सुरुङमार्ग उपयुक्त छ । मन्त्रालयका प्रवक्ता राजेन्द्र शर्माका अनुसार काठमाडौं प्रवेश गर्न नागढुङ –नौविसे सुरुङमार्गको निर्माण प्रक्रियामा गइसकेको छ । उनका अनुसार यो सहित अब दुईवटा उपयुक्त हुन्छ ।

उनका अनुसार टोखाबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग पनि दीर्घकालिन महत्वको सुरुङमार्ग हो । यसको लागि पनि निर्माण गर्ने योजना रहेको छ । यसमा चिनियाँ सरकारको चासो पनि देखाइसहेको छ । अर्को सुरुङमार्ग मातातीर्थबाट हेटौडा निस्कने बाटोमा आवश्यक छ । यो सुरुङमार्गमा पनि संभाव्यता भएको र काठमाडौं प्रवेश गर्ने मार्गका रुपमा उपयुक्त हुने देखिएको शर्माले बताए ।

सुरुङमार्ग प्राथमिकतामा पर्न थाल्यो
काठमाडौंको कलंकीमा आगामी एक वर्षभित्रमा नै अन्डरपास संचालनमा आउने आउने भएको छ । नागढुङ्गाबाट धादिङको नौविसे जोड्ने सुरुङमार्ग निर्माण गर्न जाइकासँग ऋण सम्झौता भैसकेको छ ।

सीतापाइलाबाट धादिङको महेशफाँट जोड्ने सुरुङमार्ग पनि निर्माणको चरणमा रहेको छ । नागढुङ्गा र सीतापाइलाबाहेक सडक विभागले नुवाकोट जोड्ने टोखा–खहरे र पाँचखाल जोड्ने सूर्यविनायक धुलिखेलमा पनि सुरुङमार्ग बनाउँने भएको छ ।

काठमाडौं मधेस जोड्ने दु्रतमार्गमा पनि सुरुङमार्ग निर्माण हुने भने नेपाल पूर्वाधार कम्पनी लिमिटेडले काठमाडौं तराई जोड्न सुरुङमार्ग नै बनाउने कामलाई अगाडि सारेको छ ।

विभागका अनुसार सडक यातायातको विस्तारका लागि सुरुङ, अन्डरपास र फ्लाइओभर निर्माणमा प्राथमिकतामा पर्न थालेका छन् । यो मार्ग भोलीका लागि अत्यावश्यक भएकोले पनि विस्तारै प्राथमिकतामा पर्दै अगाडि बढ्न थालेको हो । सरकारले पनि पछिल्लो समय सुरुङ र फ्लाइओभरको काम गर्न विभाग नै गठन गरेको सडक विभागले जानकारी दिएको छ ।

सडक यातायातको विकासका लागि सरकारले सुरुङमार्गलाई प्राथमिकता दिन थालेकै कारण काठमाडौं प्रवेशमा एकपछि अर्को नाकामा सुरुङमार्ग निर्माण हुने योजना एकपछि अर्को गर्दै सार्वजनिक पनि हुन थालेका छन् । सरकारले दातृ निकायको सहयोगलाई पनि यो क्षेत्रमा प्रयोग गरिरहेकोले पनि प्राथमिकता देखिएको उल्लेख छ ।

 

Share News