सेवा प्रदायक स्वास्थ्य संस्थाले पाउने दाबीको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा

काठमाडौं । अब स्वास्थ्य बीमामा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीको २ प्रतिशत रकम कट्टा गरी स्वास्थ्य बीमा कोषमा जम्मा गरिने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले सोमबार (आज) एक सूचना जारी गर्दै यसबारे निर्णय भएको सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई जानकारी गराएको हो । 

‘सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीबापत स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी स्वास्थ्य बीमा कोषमा दाखिला गरिनेछ’, सूचनामा भनिएको छ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीको स्वीकृत रकमका २ प्रतिशत कोषमा जम्मा गर्ने निर्णय यसअघि चैत्र १८ गते बीमा बोर्डको बैठकले गरेको थियो । यो निर्णय अब कार्यान्वयनमा जाने भएको छ । 

Share News