काठमाडौं । नेपाल आयल निगमले आजबाट युरो ४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ । सन २००७ मा नै युरो ४ मापदण्डको इन्धनको अवधारणा आए पनि सन् २०१० मा विश्व बजारमा लागू भएको थियो।
आज (अप्रिल १) देखि युरो ४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए।
हाल नेपालले युरो ३ मापदण्डको इन्धन आयात र विररण गरिरहेको छ ।याे तेल हालेका कारण सवारी साधनले पहिलेभन्दा इन्जिनको क्षमता र मालेन्स बढी दिने दाबी गरिएकाे छ । नेपाल समाचार पत्र दैनिकाबाट ।