एमएडब्लू वृद्धि १४० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशनसहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतीय सवारीसाधन (ईभी) को विकासलाई तीव्र बनाउँदै १३९ भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ ।

कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ । जसले ईभीधनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउने छ ।

चार्जिङ नेटवर्कले देशका प्रमुख सहरी केन्द्र, क्षेत्रीय सहहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको कम्पनीले जनाएको छ ।

चार्जिङ स्टेशनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएसटु चार्जरहरू छन् । यी स्टेसनहरू पूर्व-पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्रजस्ता स्थानमा राखिएका छन्, जसले चाैबीसै घण्टा र सातै दिन पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन्।

ग्राहकहरूले एमएडब्ल्यू स्पिड चार्जर एप प्रयोग गरेर नजिकको चार्जिङ स्टेशन सजिलै पत्ता लगाउन सक्छन् ।

एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदीले देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरूमार्फत नेपालको ईभी विकासमा योगदान दिन पाउँदा खुसी व्यक्त गरे ।
 

Share News