चितवन । प्रोटोन इमासले शुक्रबार नारायणघाटमा नयाँ ३ एस शोरुम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ ।
जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै प्रिमियम इलेक्ट्रिक सवारीसाधन ब्रान्डले यसमार्फत आधुनिक र दिगो यातायात समाधान प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे तथा उद्योगपति र समाजसेवी बल गोपाल चुके उपस्थित थिए ।
समारोहमा प्रोटोन इमास ७ को प्रदर्शन र ग्राहकसँग अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।
नयाँ शोरूमले ग्राहकहरूलाई विक्री, सेवा र स्पेयर पार्ट्स एकै स्थानमा उपलब्ध गराउँदै पूर्ण इलेक्ट्रिक वाहन अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्यलाई स्पष्ट पारेको छ ।
नारायणघाट शाखाको उद्घाटनसँगै प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका मूलमन्त्रलाई अघि बढाउँदै नेपालभर आफ्नो सञ्जाल अझ सुदृढ बनाएको जगदम्बा मोटर्सले जनाएको छ ।