विकास बैंकको नाफा साढे ७८ करोड, कुनको कति ?

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा नाफा प्रभावित देखिएको छ । 

चालु आवको पहिलो त्रैमासमा राष्ट्रियस्तरका ८ विकास बैंकहरूले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले कमी हो । गत आवको पहिलो त्रैमासमा विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको नाफा आर्जन गरेको थियो । 

यस अवधिमा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमाले असोजसम्ममा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँको नाफा कमाएको थियो । गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा गरिमाको नाफा ११ प्रतिशतले बढेको छ ।

दोस्रो धेरै नाफा कमाउने विकास बैंक मुक्तिनाथको गत आवको तुलनामा नाफा घटेको छ । मुक्तिनाथले गत आवको पहिलो त्रैमासमा २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको पहिलो त्रैमासमा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको थियो । 

त्यस्तै, असोजसम्ममा कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.९२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

null

महालक्ष्मी विकास बैंकको नाफा ३.४२ प्रतिशतले बढेर ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकले ९ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको सांग्रिला विकास बैंकले चालु आवको यही अवधिमा ४६.५८ प्रतिशतले बढाएर ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा पुर्याएको छ ।

ज्योति विकास बैंकको नाफा ५३.४८ प्रतिशतले घटेर ७ करोड ३ लाख  ३४ हजार रहेको छ । गत आवको यही अवधिमा बैंकले १५ करोड १९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । 

पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आवको यही अवधिमा बैंकले २० करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
            

Share News