काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
चालु आवको असोजसम्ममा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २० करोड १७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको नाफा भने २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहन पुगेको छ । गत वर्षको असोजमा बैंकको खुद नाफा १९ करोड ८२ लाख रुपैयाँ थियो ।
१४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
गत वर्षको असोजसम्ममा ६७ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यसपटक ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
असोज मसान्तसम्ममा बैंकले २ खर्ब १२ अर्ब ६८ करोड ११ लाख रुपैयाँ निक्षेपक संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा गत वर्षको असोजमा ५.४१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.८४ प्रतिशत पुगेको छ ।