माछापुच्छ्रे बैंकको नाफा ४१.७९ करोड रुपैयाँ, निक्षेप र कर्जामा ५ प्रतिशत वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशत बढेर ४५ करोड ८४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशत बढेर २ अर्ब ५ करोड १९ लाख रुपैयाँ, सञ्चालन नाफा ४० प्रतिशत घटेर ५९ करोड ८४ लाख रुपैयाँ रहेको छ । 

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर १ खर्ब ९३ अर्ब ५४ करोड १० लाख रुपैयाँ र कर्जा लगानी ५.१० प्रतिशत बढेर १ खर्ब ४८ करोड ६५ लाख २७ हजार रुपैयाँ प्रवाह गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी २.८३ रुपैयाँ घटेर १३.८३ रुपैयाँमा सीमित छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ । 

गत वर्षको असोजमा ३.१५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.१३ प्रतिशत पुगेको छ ।

Share News