काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.३६ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेर २४ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत बढेर २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा ३२.८१ प्रतिशत बढेर ९१ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब १२ करोड ७२ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.५५ प्रतिशत बढेर ३ खर्ब ४० अर्ब ४ करोड ७२ लाख रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३८ पैसा घटेर १६.०१ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६०.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ ।
गत वर्षको असोजमा ३.५९ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ ।